ताजा समाचार

अभिनेता आर्यनकी श्रीमती २८ वर्षमा प्रवेश गरिन्, पीएचडी गर्ने तयारीमा

काठमाडौं, १९ मंसिर । अभिनेता आर्यन सिग्देलकी श्रीमती सपना भण्डारी आजदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । सपनाको जन्म २०४६ साल मंसिर १९ गते गोकर्णमा भएको हो । सपनाले हरेक जन्मदिन विशेष रुपले मनाउँदै आएकी छिन् । उनको परिवारले उनलाई हरेक वर्षको जन्मदिनमा स्पेशल महसुस गराउने गरेको छ ।

यसै कारण पनि उनी जीवनका हरेक जन्मदिन बिर्सनै नसक्ने भएर रहेको बताउँछिन् । यस पटकको जन्मदिनमा उनलाई कसले सरप्राइज दिने हो त्यस बारेमा भने अहिलेसम्म उनलाई पनि थाहा छैन । तर उनलाई कहिले दिदीले, कहिले आमा बुवाले त कहिले दाईले सरप्राइज दिँदै आएका छन् ।

अमेरिका रहेका उनका दाईले सरप्राइज उपहार पठाएर उनको जन्मदिनलाई विशेष बनाइदिने गरेका छन् । तर श्रीमान् आर्यन भने काममा व्यस्त भएका कारण उनको जन्मदिनमा प्राय समय पनि दिन भ्याउँदैनन् । गत वर्ष उनको जन्मदिनको अवसरमा आर्यन नेपालमा थिएनन् । त्यस अघिको एउटा जन्मदिनमा आर्यनले सपनालाई चेन उपहार दिएका थिए त्यसले सपनाको जन्मदिन विशेष बनाएको थियो । किनभने सपनाले नै मन पराएको चेन अर्थात सुनको सिक्री आर्यनले किनिदिएका थिए । यो नै सपनाको जन्मदिनमा आर्यनको विशेष उपहार पनि हो । तर यस पटक भने आर्यनले उनलाई बिहानैदेखि विशेष महत्व दिईरहेका छन् ।

सपनाले पनि यस वर्षको जन्मदिनमा विशेष संकल्प गरेकी छिन् । यस विषयमा बोल्दै उनी भन्छिन्, ‘पहिले पहिले त खासै केही पनि लिँदैनथेँ । किन भने पढाईमा नै म केन्द्रित थिएँ । तर अहिले भने मास्टर पनि सकियो । अनि केही महिना भयो म घरमा बसेको पनि । त्यस कारण आफ्नै केही गर्ने की ! भन्ने सोचमा छु । लगभग त्यसको तयारी पूरा पनि हुन लागेको छ । केही समयमै काम सुरु हुन्छ होला । तर के गर्दैछु भन्ने कुरा चाहिँ तपाईँहरुले पछि थाहा पाउनुहुनेछ । अनि अर्को कुरा मलाई पीएचडी गर्न पनि एकदमै मन छ । यो पनि म समय मिलाएर गर्ने सोचमा छु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org