ताजा समाचार

सार्क कार्यक्रम समितिको बैठक सोमबारदेखि

 

काठमाडौँ, २० मंसिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म यहाँस्थित सार्क सचिवालयमा हुने भएको छ । बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बताउनुभयो ।

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org