ताजा समाचार

मैतिदेवीमा भोट हालेपछि गगन थापाले भने, ‘मेरो मतदान हिंसाको विपक्षमा’

काठमाडौं, २१ मंसिर । प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेद्वार गगनकुमार थापा मतदान गरेका छन्। थापाले बिहान ९ बजे मैतिदेवीस्थित मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

निधारमा रातो चन्दन सहितको टीका र कानमा पट्टी बाधेर उनी मतदान गर्न पुगेका थिए। आक्रमणको प्रयास भए पनि आफू हिंसाको विपक्षमा रहेको भन्दै तत्काल घरदैलो देखिका सबै कार्यक्रममा सहभागी भएको बताए। उनले भने, ‘यो मेरो मतदान हिसा विपक्षको लागि पनि हो।‘

चुनावी प्रचारका क्रममा काठमाडौंको चपलीमा विस्फोटमा परी थापा सहित केही घाइते भएका थिए। आफ्ना घाइते साथीले मतदान गर्ने नपाएकोमा उनले चिन्ता समेत व्यक्त गरेका थिए। नेपाली कांग्रेसको सरकार बने देश समृद्धितर्फ जाने पनि उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org