ताजा समाचार

चिसोका कारण प्रधानमन्त्री देउवाले साढे १० बजे गरे मतदान

डडेल्धुरा, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले चिसोका कारण ढिलागरी मतदान गरेका छन् । गृह जिल्ला डडेल्धुरामा रहेका देउवाले गन्यापधुरा गाउँपालिका १ को असिग्राम मावि रुवाखोलाबाट मतदान गरेका हुन् ।

बिहान ८ः३० बजे मतदान गर्ने भने पनि प्रधानमन्त्री देउवाले चिसोका कारण १०ः२० मा मात्रै मतदान गरेका हुन् । डडेल्धुराबाट प्रतिनिभिसभा सदस्य उम्मेदवार समेत रहेका देउवाका प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता खगराज भट्ट रहेका छन् । देउवा र भट्ट तेस्रो पटक आमनेसामने भएका हुन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार ६३२ मतदाताले मतदान गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org