ताजा समाचार

भोट नहाल्न अपिल गर्दै हिडेका सिके राउत मतदानकै दिन सिके राउत पक्राउ

जनकपुर, २१ मंसिर । चुनाव विरोधी गतिविधिमा संलग्न सिके राउत पक्राउ परेका छन् । जनकपुर– ४ माछाघरस्थित भाडाको घरबाट राउतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ ।

राउतले टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै थिए । प्रत्यक्ष प्रसारणमा रहेकै बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । राउतको स्थायी घर सप्तरी भए पनि उनी जनकपुर बस्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org