ताजा समाचार

साहित्यकार झमक घिमिरेले यसरी गरिन् मतदान

धनकुटा, २१ मंसिर । साहित्यकार झमक घिमिरे धनकुटा ६ को कवर्डहल मतदान केन्द्रबाट मतदान गरेकी छन् । घिमिरेले धनकुटा ६ स्थित कवर्डहल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गरेकी हुन् । घिमिरे आमा आशाकुमारीका साथ मतदान केन्द्रमा पुगेकी थिइन् ।

उनलाई निवास कचिडेबाट गाडीमा र मतदान केन्द्रमा बहिनीले बोकेर लगेकी थिइन् । घिमिरेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउँदा आफुलाई निकै उत्साह लागेको प्रतिक्रिया दिइन् ।

शारिरीक अवस्थाका कारण आफैं मतदान गर्न नसक्ने घिमिरेलाई आमा आशाकुमारी र झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईको सहयोगले मतदान गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org