ताजा समाचार

देउवा पत्नी आरजुले आफूलाई भोट हाल्न पाइनन्

कैलाली, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कैलाली क्षेत्र नम्बर ५ कि उम्मेदवार डा. आरजु राणा देउवाले आफैलाई भोट हाल्न पाईनन् । उत्साहजनक रुपमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस नेतृ तथा कैलाली क्षेत्र नम्बर ५ कि प्रतिनिधिसभा उम्मेदवार डा. आरजु राणाले आफैलाई भोट हाल्न नपाएकी हुन् ।

उनको मतदाता नामावली डडेलधुरामा रहेको छ ।  आफूलाई भोट हाल्न नपाएकी राणा अहिले विभिन्न मतदान केन्द्रको निरीक्षणमा रहेकी छन् ।

उनी क्षेत्र नम्बर ५ अन्तर्गतको शारदा उच्चमाथि, जनता आधारभूत विद्यालय, श्री राष्ट्रिय मावि, श्री जनता राष्ट्रिय मावि, श्री राष्ट्रिय उच्चमाविलगायतका स्थानको निरीक्षणमा पुगेकी हुन् । अहिलेसम्म कैलालीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org