ताजा समाचार

प्रदेश राजधानी चाँडै तोकिने : प्रधानमन्त्री देउवा

डडेल्धुरा, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताउनुभएको छ । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याउने बताउनुभयो । “अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहनुभएका उहाँले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गर्नुभएको हो । मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किनुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org