ताजा समाचार

देउवाका प्रतिस्पर्धी भट्टले भने, ‘जित सुनिश्चित भईसक्यो घोषणा मात्र बाँकी’

डडेल्धुरा, २१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले मतदान गरेका छन् । भट्टले जिल्लाको चिपुर स्वास्थ्य चौकी क मतदान केन्द्रमा विहान करिब ९ बजे मतदान गरेका हुन । मतदान गरेपछि प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित रहेको बताए ।

उनले भने, ‘यसपाली मेरो जितलाई कसैले रोक्न सक्दैन ।’ आफू लामो समयदेखि जनताको हकअधिकारका लागि लडेको र अब राजनीतिक क्रान्ति पुरा भएकोले सम्बृद्धिका लागि एकजुट भएर लड्नुपर्ने बताए ।

अघिल्ला चुनावमा माओवादी एक्लैले देउवालाई कडा चुनौति दिएको र झिनो मतले आफू पराजित भएको बताउँदै अहिले वाम गठबन्धनसँगै जनलहर आफ्नो पक्षमा रहेको बताए । भट्टले भने, ‘जित सुनिश्चित छ । मतदान प्रक्रिया र विजयको घोषणा हुन बाँकी छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org