ताजा समाचार

निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर

काठमाडौँ, २१ मंसिर । कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री डा सुराकियार्त सथिरथाई तथा श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत पिटर वर्लेले कार्टर सेन्टरको तर्फबाट निर्वाचन पर्यवेक्षक टोलीको नेतृत्व गर्नुभएको छ ।

सो टोलीले आज ललितपुरस्थित ऐतिहासिक पाटन दरबार क्षेत्रमा रहेको विश्व शान्ति मतदान केन्द्रको निर्वाचन प्रक्रियाका बारेमा पर्यवेक्षक गरेको छ । निर्वाचन र मतदान प्रक्रिया कस्तो लाग्यो भन्ने राससको जिज्ञासामा थाईल्याण्डका उपप्रधानमन्त्री सथिरथाईले भन्नुभयो “अहिले हामी निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ, विस्तृत विवरण पछि भन्नेछौँ ।”

यसैगरी श्रीलंका र माल्दिभ्सका लागि पूर्व अमेरिकी राजदूत वर्लेले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने मात्र प्रतिक्रिया दिनुभयो । सेन्टरका उच्च प्रतिनिधिले सो स्थानमा पर्यवेक्षण गर्दा स्थानीय मतदाताले उत्साहपूर्ण मतदान गरिरहेका थिए । विनाशकारी भूकम्पले क्षति पु¥याएको ऐतिहासिक पाटन दरबारको कृष्ण मन्दिरको आँगनमा टेन्टमुनि निर्वाचन जारी रहेको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org