ताजा समाचार

प्रकाशमान सिंह गाडीबाट झर्दै गर्दा रविन्द्र मिश्रले देखेपछि…

काठमाडौं, २१ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ । मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो ।

भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिएका छन् र सामूहिक तस्वीर खिचाएका छन् । ‘गाडीबाट झर्दै गरेको देखेपछि मैले हात मिलाएँ र प्रकाशमानजी तपाईलाई शुभकामना छ भनें,’ मिश्रले भने, ‘उहाँले पनि शुभकामना भन्नुभयो ।’

दुबै उम्मेदवार ‘फेरि पनि भेट्नुपर्छ है’ भन्दै छुट्टिएका छन् । दुबै उम्मेदवारले आफू जित्ने दाबी गरेका छन् । तर, दुबैले आफूलाई भने भोट हाल्न पाएनन् । विवेकशील साझाका संयोजक मिश्रले ललितपुर २ बाट मतदान गरेका छन् भने कांग्रेस पूर्वमहामन्त्री सिंहले काठमाडौं ७ बाट मतदान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org