ताजा समाचार

दाङमा आमाको किरियामा बसेका छोरा बुहारीले गरे मतदान 

दाङ, २१ मंसिर । दाङमा एकै घरका ५ जना किरियापुत्रीले मतदान गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १ को जनता आधारभूत मतदान केन्द्रबाट ५ जनाले मतदान गरेका हुन् । ७ दिनअघि ज्यान गुमाएकी हिमा पुनका छोराहरु तिलबहादुर पुन, जेरबहादुर पुन र मुक्ति पुन तथा बुहारीहरु गोमा पुन र यमी पुनले मतदान गरेका हुन् ।

उनीहरुले जीवनमा विरलै मात्र आउने मतदानको अवसर आफूहरुले सदुपयोग गरेको बताएका छन् । ‘यो अवसर अब ५ बर्षपछि मात्रै आउने हो, त्यो बेलासम्म जे पनि हुनसक्छ, त्यसैले किरिया बसेको बेलामा पनि हामी भोट हाल्न आयौं’ उनीहरुले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org