ताजा समाचार

बालकोटमा बुथ कब्जा गरेको आरोप लगाउँदै कांग्रेस र एमालेबीच झडप, नजिकै बम फेला

भक्तपुर, २१ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । बालकोटमा रहेको गणेश निमावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो ।

दुवै पार्टीले एक अर्कालाई बुथ कब्जा गरेको आरोप लगाउँदै एक अर्कामाथि आक्रमण गरेका हुन् । कांग्रेस र एमालेका कार्यकर्ताबीच ढुंगा हानाहान र भागाभाग भएपछि रोज भिलेज वस्ती तनावपूर्ण भएको छ । त्यहाँका केही घरका सिसा पनि फुटेका छन् ।

मतदानस्थलमा भने सुरक्षाको व्यवस्था गरेर मतदान जारी राखिएको डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । यसैबीच, बालकोट पुलमा शंकास्पद वस्तु भेटिएको छ । स्थानीयबासीले सो शंकास्पद बस्तु बम हुनसक्ने आशंका गरेका छन् । अहिले सो स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org