ताजा समाचार

यिनै हुन्, गगन थापालाई लक्षित गरेर बम हान्ने विप्लवका ६ कार्यकर्ता, हतियारसहित पक्राउ

काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रहेका छन् । पक्राउ परेकाहरुबाट प्रहरीले चिनियाँ पेस्तोलर चार वटा बम समेत बरामद गरेको ।

पक्राउ पर्नेहरुमा नेकपाका युवा दस्ता इन्चार्ज २४ वर्षीय रवि गोले, २४ वर्षीय सम्पूर्ण मुक्ति भनिने विचारमान तामाङ, ३० वर्षीय महेष नेपाली, ४८ वर्षीय विगेश लामा, ३२ वर्षीय राजिव तामाङ र ३० वर्षीय रोशन विष्ट छन् । ‘गगन थापामाथि आक्रमण गोलेकै समूहले गरेको हो,’ बिशेष ब्युरोका एआइजी हेमन्त पालले भने, ‘राजधानीमा भएका सबै विस्फोटहरु उनकै नेतृत्वमा भएका थिए।’

गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।

प्रहरीले नेकपाका कार्यकर्ताहरुको तीन वटा डेरामा छापा मारेर बम बनाउन प्रयोग हुने सामान र विभिन्न दस्तावेज समेत बरामद गरेको छ। राजधानीमा भएका अन्य विस्फोटका घटनामा पनि उनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org