ताजा समाचार

प्रमुख निर्वाचन आयुक्त यादवले मतदान गरेनन्

सप्तरी, २१ मंसिर । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भोट हालेका छैनन् । राजविराजका स्थानीयबासी रहेका प्रमुख निर्वाचन आयुक्त यादव मतदानमा मतदान गर्न गृह जिल्ला गएका छैनन् ।

राजविराज–२ स्थित राजदेवी आधारभूत विद्यालय मतदान केन्द्रमा यादवको नाम मतदाता सूचीमा छ। प्रमुख आयुक्त यादव मतदाता रहेको सप्तरी–२ मा संघीय समाजवादी फोरम, माओवादी र राजपाका वागी उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा छ।

यो क्षेत्रमा फोरम अध्यक्ष यादव, बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेश यादव र राजपाका बागी उम्मेदवार सहमहामन्त्री जयप्रकाश ठाकुरबीच त्रिपक्षीय प्रतिस्पर्धा छ। दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगका अन्य आयुक्तहरुले भने मतदान गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org