निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता
काठमाडौँ, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर/किशोरीदेखि ज्येष्ठ नागरिकसम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा उनीको उत्साहपूर्ण सहभागिता देखिएको हो ।
काठमाडौँ रत्नराज्यलक्ष्मी माविमा रहेको केन्द्रमा मत हाल्न आउनुभएकी स्थानीय ९१ वर्षकी ज्येष्ठ नागरिक मुनादेवी भट्टराईलाई मत हाल्न पाउँदा निकै खुशी लागेको छ । “भोट हालें, खुशी लाग्यो, भताभुङ तरिकाले बन्ने भन्दा पाँच वर्षका लागि विकास गर्ने दिगो सरकार बनोस्” – मतदान गरेर फर्कनुभएकी भट्टराईले उत्साही भएर प्रतिक्रिया दिनुभयो ।
सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएकामा निकै खुशी देखिनुभएका उहाँले थप्नुभयो, “भोट हाल्न नजाऔँ जस्तो विचार आउने हामीजस्ता बूढाबुढी सबै भोट हाल्न गएनन् भने धेरै भोट कम हुन्छ, विकास गर्ने नेताले हार्लान् भनेर आएको ।”
मत हाल्न आउनुभएका ८७ वर्षीय मणि सिंह ठकुरीले पनि भोट हाल्न पाएकामा खुशी प्रकट गर्नुभयो । “जनता र यो ठाउँको विकास गर्ने उम्मेदवारलाई भोट हालें” – आफूले जीवनमा धेरै पटक नेतालाई भोट हालेको तर यसपालि चाहिँ विकास गर्ने खालको उम्मेदवारलाई मत हालेको सुनाउँदै उहाँले भन्नुभयो ।
त्यस्तै, सोही मतदान केन्द्रमा मत हालेर फर्कनुभएका ७६ वर्षीय पञ्चनारायण महर्जनले जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत हालेको प्रतिक्रिया दिनुभयो । “मैले मत हालेर आएँ, जनताको दुःख, समस्या बुझ्ने र यो ठाउँको विकास गर्ने नेतालाई भोट दिएँ” – हँसिलो मुहारमा उहाँले सुनाउनुभयो ।
ज्येष्ठ नागरिक मात्र होइन, पहिलो पटक मतदान गर्ने अवसर पाएका किशोरकिशोरी पनि मतदान गर्न पाएर दङग देखिए । चाबहिल बहुमुखी क्याम्पस केन्द्रमा रहेको मतदान केन्द्रमा मतदान गर्ने लाममा बस्नुभएकी १७ वर्षीय मनिशा काफ्लेले भन्नुभयो – “खुशी लागेको छ मत हाल्न पाउँदा । आफैँले चुनेको उम्मेदवारलाई आफ्नै हातले भोट हाल्न पाउँदा छुट्टै आनन्द हुन्छ ।”
मनिशाजस्तै पहिलो पटक मत हाल्नुभएका १८ वर्षीय रमेश श्रेष्ठलाई पनि पहिलो पटक मतदान गर्न पाएकामा खुशी लागेको छ । उहाँले भन्नुभयो – “भोट नहाल्दा कसरी हाल्ने होला जस्तो लागेको थियो, तर सजिलो नै हुँदो रहेछ । आफ्नो उम्मेदवारलाई भोट हालें । खुशी लाग्यो ।”
मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्दै ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीले आज मतदानमा सक्रिय सहभागिता जनाए । नेपालको संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको छ र स्थानीय तहको निर्वाचनपछि आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४५ जिल्लामा भइरहेको छ ।
प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ गरी कूल चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार खडा भएका छन् । कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताका लागि सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र तोकिएका छन् । रासस
Comments
अरु समाचार
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...