ताजा समाचार

कांग्रेसले नक्कली भोट हाल्न दिँदा अछाममा कांग्रेस र एमालेबीच झडप

अछाम, २१ मंसिर । अछाममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । चौरपाटी गाउँपालिका-५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।

नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोजेपछि एमाले कार्यकर्ताले अवरोध गरेका थिए । झडपमा तीन जना घाइते भएको बताइएको छ । मतदाताहरु स्थानीयवासीको घरमा लुकेर बसेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टरले उक्त मतदान केन्द्रमा हवाइ गस्ती गरिरहेको छ । अहिले स्थिति शान्तिपूर्ण छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org