ताजा समाचार

मनाङको प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनको समर्थन रहेका दीपक मनाङेको जित

मनाङ, २२ मंसिर । मनाङको प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) विजयी भएका छन् । हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा १ हजार ४ सय १० मत पाएर मनाङे विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कर्म गुरुङले १ हजार २० मत ल्याए । मनाङेले ३९० मततात्नरमा जित हात पारे । मनाङेलाई नेकपा एमालेसहित बाम गठबन्धनले समर्थन दिएको थियो । एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिए मनाङेलाई समर्थन जनाएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org