ताजा समाचार

मनाङ, मुस्ताङ र पूर्वी रुकुमको मतगणना सकियो, सबै क्षेत्रमा वाम गठबन्धन विजयी

रुकुम, २२ मंसिर । पूर्वी रुकुममा माओवादी केन्द्र विजयी भएको छ । वाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा उम्मेदवार कमला रोका विजयी भएकी छन् । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् ।

रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्याएको छ । उनी नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि हुन् ।

पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो र बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । मनाङ र मुस्ताङसँगै पूर्वी रुकुमको पनि मतगणना सकिएको छ । जहाँ नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि मनाङबाट बाम गठबन्धनका उम्मेद्वार पाल्तेन छेपाङ गुरुङले २३०० मतले विजयी भएका छन् । उनका निकटनम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार २०२१ ल्याएका छन् ।

मुस्ताङमा पनि वाम गठबन्धन विजयी भएको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org