ताजा समाचार

खसेको भन्दा १२ मत बढी भेटिएपछि काठमाडौं ५ को मतगणना स्थगित

काठमाडौं, २२ मंसिर । खसेको भन्दा १२ मत बढी भेटिएपछि काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना स्थगित भएको छ । बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।

अहिले विवाद कसरी समाधान गर्ने विषयमा सर्वदलिय छलफल भईरहेको छ । स्थगित हुनुभन्दा पहिलेको मतगणना अनुसार एमाले महासचिव इश्वर पोखरेल अगाडि देखिएका छन् ।

उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org