ताजा समाचार

१९ क्षेत्रको नतिजा सार्वजनिकः ११ सीटमा एमाले विजयी, अन्यमा कसले जिते ? (सूचीसहित)

काठमाडौं, २२ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । मंसिर १० गते र २१ गते सम्पन्न दुवै चरणको मतगणना जारी रहेको छ । अहिलेसम्मको प्रारम्भिक मतपरिणाम अनुसार एमाले माओवादीको वाम गठबन्धन अगाडि रहेको छ ।

१९ वटा क्षेत्रको मतगणना सम्पन्न भईसकेको छ । जसमा वाम गठबन्धन १८ क्षेत्रमा विजयी भएको छ । वाम गठबन्धन अन्र्तगत एमालेले ११ क्षेत्रमा विजयी भएको छ । त्यस्तै माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा तर्फ ५ सीटमा विजयी भएको छ । स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले भने अहिलेसम्म १ सीटमा विजयी भएको छ ।

१९ क्षेत्रको नतिजामा एमालेले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ७ ठाउँमा गरी ११ स्थानमा विजय हासिल गरेको छ। माओवादीले प्रदेश र प्रतिनिधिसभा गरी ५ स्थानमा जित हात पारेको छ। कांग्रेस भने १ सिटमा सीमित हुन पुगेको छ।

एमाले (प्रतिनिधिसभा) 
मनाङ- पाल्देन गुरुङ: २३००
मुस्ताङ- प्रेम तुलाचन: ३५४४
बझाङ-  भैरवहादुर सिंह: २८८८१
म्याग्दी- भूपेन्द्रबहादुर थापा: २३३०८
एमाले (प्रदेशसभा)
मुस्ताङ क- इन्द्रधारा विष्ट: ११६७
मुस्ताङ ख- महेन्द्रप्रसाद थकाली:२५८४
डोल्पा क- नन्दसिंह बुढा: ५४९०
हुम्ला क- दलबहादुर रावल: ५३१३
म्याग्दी ख- नरदेवी पुन: १०८६८
बाजुरा क- बलदेव रेग्मी: ९८४०
बझाङ क- अर्जुनबहादुर थापा: ७८३३

माओवादी (प्रतिनिधिसभा)
रुकुम पूर्व- कमला रोका: १४४३४

माओवादी (प्रदेशसभा)
रुकुम पूर्व क- तेजबहादुर ओली: ५४२७
रुकुम पूर्व ख- पूर्णबहादुर घर्ती: ५ ८१६
बझाङ ख- देवकी मल्ल:१६७४३
म्याग्दी क- विनोद केसी:  १४७०४

कांग्रेस (प्रदेशसभा)
मनाङ क- चिन्तबहादुर घले: ९९८

स्वतन्त्र उम्मेदवार 
मनाङ ख (प्रदेशसभा) – राजीव गुरुङ: १४१०
हुम्ला (प्रतिनिधिसभा)- छक्कबहादुर लामा: ८४९१

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org