ताजा समाचार

पश्चिम रुकुममा माओवादी प्रभावशाली नेता जनार्दन शर्मा भारी मत अन्तरले विजयी

रुकुम, २३ मंसिर । रुकुमका सबै क्षेत्रमा माओवादी केन्द्र विजयी भएका छन् । दुई जिल्लामा विभाजित रुकुमका सवै क्षेत्रमा माओवादी केन्द्रले जित निकालेको हो । पश्चिम र रुकुम पूर्व दुबै जिल्लामा माओवादी केन्द्रका उम्मेदवारहरुले फराकिलो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवारलाई हराएका हुन् ।

रुकुम पश्चिममा प्रतिनिधिसभामा सदस्यका उम्मेदवार जनार्दन शर्मा फराकिलो मतअन्तरले विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार गोपाल जी जंग शाहलाई १८ हजार ७४३ मतअन्तरले हराएका छन् । शर्माले ३४ हजार ४ सय २ मत ल्याएर विजयी भए । शर्माका प्रतिद्धन्दी शाहले १६ हजार ६५९ मतमा ल्याएर पराजित भए ।

पश्चिम रुकुमको प्रदेशसभातर्फ माओवादी केन्द्र विजयी भएको छ । प्रदेशसभा क मा रातो कामी र ख मा गोपाल शर्माले प्रतिस्पर्धीलाई किनारा लगाए । कामीले कांग्रेसका कृष्ण बहादुर रोकायालाई हराए । कामीले १६ हजार ८ सय १० र रोकायाकोले ८ हजार ५ सय ७७ मत ल्याएका थिए ।

यसैगरी, प्रदेशसभा ख मा गोपाल शर्मा १८ हजार ६ सय ६० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका खड्क डाँगीले ८ हजार १ सय २७ मत ल्याए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org