ताजा समाचार

गगन थापाको विजयी उत्सवमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका युवा नेता गगन थापाको विजय र्‍याली निकालिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएपछि थापाको भव्य विजय र्‍याली निकालिएको हो ।

कांग्रेस समर्थक, कार्यकर्ताले थापाको जीत पश्चात काठमाडौंमा विजयी उत्सव मनाएका हुन् । थापाले वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डा. राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतअन्तरले हराएका थिए ।

थापाले २१ हजार ५ सय ५८ मत ल्याएका थिए । विवेकशील साझाकी सुबुना बस्नेतले ३०४० मत ल्याएकी थिइन्। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट जितेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org