ताजा समाचार

काठमाडौं १० बाट २०७० मा प्रचण्डलाई पराजित गरेका कांग्रेसका राजन केसी विजयी

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १ सय ९० मत ल्याएर विजयी भएका हुन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराए । शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।काठमाडौंमा चुनाव जित्ने केसी तेस्रो उम्मेदवार हुन् । यसअघि कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं क्षेत्रनम्बर १ मा र गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ मा विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org