ताजा समाचार

दोलखामा अहिले सम्मकै बढी ३० हजार मतान्तरले एमालेका पार्वत गुरुङ बिजयी

दोलखा, २३ मंसिर । दोलखामा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तरले एमाले उम्मेदवार पार्वत गुरुङ विजयी भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा बिजयी भएका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएर बिजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर ३० हजार १५३ रहेको छ । एमाले केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज गुरुङ यसअघि ०७० सालमा दोलखा १ बाट निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org