ताजा समाचार

हरेक नयाँ सरकारमा मन्त्री खानै पर्ने गच्छदारको अब अवस्था के होला ?

काठमाडौं, २३ मंसिर । फोरम लोकतान्त्रिकलाई कांग्रेससँग एकीकरण गराएका विजय कुमार गच्छदारलाई सरकार परिवर्तन हुने बेला नयाँ सरकारमा नगएका सायद नहोलान् । २०४८ सालदेखि अहिलेसम्मको राजनीतिक इतिहासमा उनी नयाँ बन्ने अधिकांश सरकारमा सहभागी भएकै हुन्छन् र मन्त्री पद कुम्ल्याएकै हुन्छ ।

नयाँ सरकार बन्ने विक्तिकै भौतिक पूर्वाधार, उपप्रधानलगायतका मन्त्रालयमा आँखा लगाउने गच्छदारले अब भने के गर्लान त्यो सबैको चाँसोको विषय बनेको छ । नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका गच्छदारको नतिजा भने कमजोर देखिएको छ ।

जसले गर्दा अबको उनको राजनीतिक भविश्य के होला भन्ने विषयले प्राथमिकता पाईरहेको छ । उनी उम्मेदवार बनेको पार्टी नेपाली कांग्रेसको समेत अवस्था नाजुक रहेकाले अब गच्छदार मन्त्री भएको हेर्न लामै समय कुर्नुपर्ने देखिएको छ ।

गच्छदार अहिलेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका छन । उनी पहिलो स्थानमा बामगठबन्धको तर्फबाट उम्मेदवार रहेकी एमाले उम्मेदवार भगवती चौधरीको भन्दा १४ सय ३१ मतले पछि परेका छन् । अहिलेसम्मको गणना अनुसार चौधरीको ५ हजार १३८ मत रहेको छ भने गच्छदारले ३ हजार ७ सय ७ मत प्राप्त गरेका छन् । गच्छदार ०४८ साल यता बनेका सरकारमा १२ पटक मन्त्री बनिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org