ताजा समाचार

समानुपातिकको मतगणना सुरु, कांग्रेसको सुरुवाती अग्रता, एमाले दोस्रो, माओवादी तेस्रो

काठमाडौं, २३ मंसिर । समानुपातिकतर्फको समेत मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा वाम गठबन्धन अगाडि देखिईरहेको बेला समानुपातिक तर्फको मतगणनामा भने कांग्रेस अगाडि देखिएको छ ।

सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ ।

हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५ हजार १ सय ६३ मत पाउँदा एमालेले ४ हजार ६ सय १३ मत पाएको छ । माओवादीले भने १ हजार ४ सय ३४ मत पाएको छ । त्यसैगरी नयाँशक्ति पार्टीले ३६, राप्रपाले २० र राजपारफोरमले २र२ मत पाएका छन् । त्यस्तै विवेकशील साझा पार्टीले १ मत पाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org