ताजा समाचार

डा. शशांक कोइराला र हृदयेश त्रिपाठीको अग्रता

नवलपरासी, २३ मंसिर । प्रतिनिधिसभा सदस्यको नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा नेपाली काँग्रेसका उम्मेदवार डा. शशांक कोइराला ६ हजार ७५८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका भविश्वर पराजुलीले तीन हजार ७७३ मत प्राप्त गर्नुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्व २ मा नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीले तीन हजार ९९४ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

यहाँ वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका तिलक महतले तीन हजार ५०३ मत प्राप्त गर्नुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा वाम गठबन्धनका उम्मेदवार हृदयेश त्रिपाठी आठ हजार १२८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । यहाँ नेपाली काँग्रेसका देवकरण कलवारले सात हजार ३४२ मत प्राप्त गर्नुभएको छ । यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम २ मा नेपाली काँग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले पाँच हजार २१६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । यहाँ वाम गठबन्धनका उम्मेदवार धनश्याम यादवले तीन हजार ५४८ मत प्राप्त गर्नुभएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org