ताजा समाचार

सिन्धुपाल्चोकमा माओवादी नेता अग्नि सापकोटा १० हजार बढी मतान्तरले विजयी

सिन्धुपाल्चोक, २३ मंसिर । सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा माओवादीका अग्नि सापकोटा र क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेतले २९ हजार ७९८ मत पाए ।

यसैगरी प्रतिनिधिसभा तर्फ नै क्षेत्रनम्बर २ बाट एमाले उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका पशुपति समशेर जबरालाई ७ हजार ६७२ मतले हराएका छन् । तामाङले ३७ हजार ४५० र राणाले २९ हजार ७७८ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org