ताजा समाचार

मोरङ २ बाट कांग्रेस नेता मिनेन्द्र रिजाल विजयी, वामपन्थीको क्लीन स्वीप टर्‍यो

मोरङ, २३ मंसिर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता मिनेन्द्र रिजाल निर्वाचित भएका छन् । रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् । रिजालले पोखरेलभन्दा १ हजार ८ सय ५ मत बढी ल्याएका हुन् ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १, ३ र ६ मा एमालेले जितेको छ भने क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले जितेको छ । परिणाम आउन बाँकी रहेको क्षेत्र नम्बर ५ मा माओवादीका शिवकुमार मण्डलले अग्रता लिइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org