ताजा समाचार

यी हुन् कांग्रेसले जितेको प्रतिनिधिसभाका ५ र प्रदेशसभाका ४ क्षेत्र (सूचीसहित)

काठमाडौं, २३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसको निराशाजनक नतिजा आईरहेको छ । १ सय ६० भन्दा बढी क्षेत्रको नजिता आईसक्दा नेपाली कांग्रेस तेस्रो स्थानमा झरेको छ । स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस अहिले तेस्रो स्थानमा झरेको छ ।

वाम गठबन्धनले धेरै स्थानमा जित हात पारिरहँदा नेपाली कांग्रेसले जम्मा ५ प्रतिनिधि सभा सदस्यमा जित हात पारेको छ । कांग्रेस काठमाडौं क्षेत्र नम्वर १, ४ र १०, मोरङ २ तथा रसुवामा विजयी भएको हो।

कांग्रेसका काठमाडौं १ बाट प्रकाशमान सिंह, काठमाडौं ४ बाट गगन थापा र काठमाडौं १० बाट राजेन्द्र कुमार केसी विजय भएका छन् । त्यसतै मोरङ २ बाट मिनेन्द्र रिजाल तथा रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी भएका हुन्। त्यस्तै प्रदेशसभातर्फ पनि नेपाली कांग्रेसले ४ क्षेत्रमा वियल हासिल गरेको छ ।

नेपाली कांग्रेसले प्रदेशसभा तर्फ अहिलेसम्म हुम्ला प्रदेशसभा (ख) जीवनबहादुर शाही (४५१९), रसुवा (क) मा प्रभात लामा (६९७६) विजयी भएका छन् । त्यस्तै मनाङ क्षेत्र नम्बर १ (क) बाट चिन्तबहादुर घले (९९८) र काठमाडौं क्षेत्र नम्बर १ (क) छिरिङ दोर्जे लामा (६४४८) विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org