ताजा समाचार

गोरखा २ मा बाबुराम भट्टराई जीत नजिक, अब साढे ७ हजार मत गन्न बाँकी

गोरखा, २३ मंसिर । गोरखाको क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराई जीतको नजिक पुगेका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक भट्टराई जीत नजिक पुगेका हुन् ।

नेपाली कांग्रेसको समर्थन रहेका डा. भट्टराईले भट्टराईले २७ हजार २ सय २३ मत ल्याएका छन् । अहिलेसम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ ।

भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा ४ हजार ९ सय मतको अग्रता लिइरहेका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईका प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले २२ हजार ३ सय २३ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org