ताजा समाचार

कास्कीमा एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक, कांग्रेसका चालिसेको केही चलेन्

पोखरा, २३ मंसिर । कास्की क्षेत्र नम्बर २ मा एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार एमाले युवा नेता अधिकारी कांग्रेस नेतालाई ८ हजार ५ सय ४६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । प्राज्ञिक र बलियो उम्मेदवारको रुपमा हेरिएका चालिसेलाई हारको स्वाद चखाउँदै उनले कास्कीबाट तेस्रो पटक पनि जीत निकाल्दै हृयाट्रिक पूरा गरेका छन् ।

२०५६ सालमा तत्कालीन नेकपा मालेबाट कास्की क्षेत्र नम्बर १ मा अधिकारीले चुनाव हारेका थिए । त्यतिबेला उनले १ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए ।

पहिलो संविधान सभाको निर्वाचनमा माओवादी उम्मेदवार झलकपाणि तिवारीसँगको प्रतिस्पर्धामा झन्डै २ हजार ५ सय मतले निर्वाचन जितेका रवीन्द्र अधिकारीले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवार सोभियतबहादुर अधिकारीलाई २ हजार ३ सय २ मतले हराउँदै विजयी भएका थिए ।

कांग्रेसले बलियो उम्मेदवारको रुपमा उभ्याएका चालिसेसँग अधिकारीको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति बनेका चालिसे र अधिकारीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि अधिकारीका अघि चालिसेको केहि चलेन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org