ताजा समाचार

प्रदेश ७ का चार जिल्लामा काग्रेंस जीत बिहीन, वाम गठबन्धनको क्लिन स्वीप

कञ्चनपुर, २३ मंसिर । प्रदेश नम्बर ७ का चार जिल्लामा कांग्रेस निल भएको छ । पहिलो चरणमा मंसिर १० गते निर्वाचन सम्पन्न भएका ४ जिल्लामा कांग्रेसले खाता समेत खोल्न सकेन् । बैतडी, दार्चुला, बझाङ र बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले कब्जा जमाएको हो ।

प्रदेश नम्वर ७ का चार जिल्लाका चार प्रतिनिधि र आठ प्रदेश सभाका सिटमा कांग्रेस निल भएको हो । वाम गठबन्धनले दार्चुला, बैतडी, बझाङ र बाजुराका सबै क्षेत्रमा विजय हासिल गरेको हो । सवैभन्दा पछि बैतडीमा प्रतिनिधि सभामा वाम गठबन्धनका दामोदर भण्डारीले जितेसँगै सबै सिटमा वाम गठवन्धनले कव्जा जमाउँदै नेपाली काग्रेंसको पत्ता साफ गरेको हो ।

१. बैतडीः
बैतडीमा प्रदेश सभामा वाम गठवन्धनका प्रेम प्रकाश भट्ट र लिलाधर भट्ट विजयी भए ।

२. दार्चुलाः
दार्चुलामा पनि प्रतिनिधि सभामा गणेश सिह ठगुन्ना तथा प्रदेशमा गेल्वुसिह बोहरा र मानवहादुर धामीले विजयी भएका छन् ।

३. बाजुराः
बाजुराका तीनै क्षेत्रमा पनि बाम गठबन्धनका उमेदवार विजयी भएका छन् । प्रतिनिधि सभामा बाम गठबन्धनका लालबहादुर थापा, प्रदेश सभामा बाम गठबन्धनका उमेदवारहरु बलदेब रेग्मी र प्रकाश शाह विजयी भएका हुन् ।

४. बझाङः
बझाङमा प्रतिनिधि सभामा नेकपा एमालेका भैरब बहादुर सिंह, प्रदेश सभामा नेकपा एमालेका अर्जुन थापा र माओवादी केन्द्रकी देवकी मल्ल थापा विजयी भए । चारै जिल्लामा नेपाली काग्रेंस जित विहीन भएको छ । यसले केही पहाडी जिल्लामा बलियो मानिने काग्रेंसको आधार ईलाका पनि तोडिएको छ । वाम गठवन्धनले सबै जिल्लामा कब्जा जमाएपछि खुशीयाली सहित विजय जुलुस निकालेका छन् ।

(बैतडीमा प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा एमालेका दामोदर भण्डारी, प्रदेशसभा (क) का माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र प्रदेशसभा ख का नेकपा एमालेका लिलाधर भट्ट । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org