ताजा समाचार

प्रधानमन्त्री देउवा डडेलधुराबाट सांसद्मा निर्वाचित, खगराज तेस्रो पटक पराजित

डडेल्धुरा, २४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टलाई ६ हजार ९ सय २९ मतले हराउँदै देउबा विजयी भएका हुन् ।

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए । भट्ट देउवासँग तेस्रो पटक पनि पराजित भएका हुन् । यसअघि २०६४, र २०७० को संविधानसभा चुनावमा पनि देउवासँग नै पराजित भएका थिए ।

वाम गठबन्धनको साथ पाएर चुनावमा होमिएका भट्ट यो पटक आफु नै जित्ने दाबी गर्दै आएका थिए । तर अन्ततः उनको दावी खेर गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org