ताजा समाचार

अपराजित रहेका कांग्रेसका पूर्णबहादुर खड्का एमालेका ध्रुब शाहीसँग पराजित

सुर्खेत, २४ मंसिर । नेपाली कांग्रेस नेता पूर्णबहादुर खड्का पराजित भएका छन् । संसदीय निर्वाचनमा अहिलेसम्म अपराजित नेता खड्का पराजित भएका हुन् । सुर्खेत क्षेत्र नम्बर १ मा खड्कालाई हराउँदै एमालेका ध्रुब शाही विजयी भएका छन् ।

योसँगै खड्काको अपराजित यात्रमा पूर्णबिराम लागेको छ । कांग्रेसका पूर्व गृहमन्त्री रहेका खड्का ३३ हजार ३ सय ७७ ल्याउँदा विजयी उम्मेदवार शाहीले ३६ हजार ८५९ मत पाए । खड्काले २०४८ पछि लगातार चुनाव जित्दै आएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा भने उनी चुनाव नै लडेका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org