ताजा समाचार

काठमाडौं ५ मा एमाले महासचिव पोखरेल विजयी, प्रकाशशरण महत पराजित

काठमाडौं, २४ मंसिर । काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले २३ हजार २९ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १३ हजार १६९ मत पाए ।

यसअघि ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो प्रयासको सफलता हो । पोखरेल ०५६ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org