ताजा समाचार

निर्वाचनको प्रारम्भिक नतिजापछि केपी ओलीको आयो यस्तो प्रतिक्रिया

काठमाडौं, २४ मंसिर । निर्वाचननको प्रारम्भिक नतिजा बाम गठबन्धनको पक्षमा आउदै गर्दा एमाले अध्यक्ष केपी ओलीले अब नमुना देश बनाउनतर्फ लाग्नुपर्ने बताएका छन् । ओलीले आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै बाम गठबन्धनको पक्षमा आएको नतिजालाई स्वागत गर्दै जनताले भ्रम र अराजकता चिरेको प्रतिकृया दिए ।

उनले जनताले सजगता प्रकट गरेर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराएको पनि बताए । ‘नेपालको भविश्य र उन्नती निश्चत छ । विकास र सम्बृद्धिका चाहाना अव पुरा हुन्छन् । देशले सकारात्मक बाटो लिन्छ । अब सामाजिक सद्भाव र एकताको सुत्रमा बाँध्नुपर्छ अबको केही बर्षमा देश सम्बृद्ध बनाउन हामी गम्भिर, स्वच्छ र पारदर्शी हुनुपर्छ ।’

पेशा व्यवसाय, भुगोल र समुदायका हित, रक्षा र सम्बद्धर्न गर्ने जिम्मेवारी बाम गठबन्धनमा आएको भन्दै उनले बाम गठबन्धनमाथि देश बनाउने चुनौती थपिएको बताए । उनले निति कार्यक्रम र अग्रगामि सोचका साथ अघि बढ्नुपर्ने पनि बताए । उनले अहिलेको सरकारले केही काम नगरेको बताए ।

उनले भने, ‘प्रदेशसभा बोलाउनुपर्छ कहाँ बोलाउने त्यसका लागि ठुला ठुला त्रिपाल खोज्नुपर्नेछ । प्रदेशसभा बन्दा, मन्त्री मुख्यमन्त्री उनीहरुका निवास चाहिन्छ, ति काम अघिल्लो सरकारले गर्नुपर्ने भएपनि केही गरेको छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org