ताजा समाचार

कपिलवस्तु–२ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता विजयी

कपिलवस्तु, २४ मंसिर । प्रतिनिधिसभा क्षेत्र नंं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी हुनुभएको छ । गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्राप्त गर्नुभएको छ । नवनिर्वाचित सांसद गुप्ताले अबका दिनमा नेकपा एमालेभित्र रही मधेश र मधेशका विषय सदैव उठाउने र कपिलवस्तुको समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org