ताजा समाचार

चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेल नियुक्त

काठमाडौं, २५ मंसिर । सरकारले चलचित्र बिकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र उत्पादक तथा वितरक गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी निकितालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।

उद्धव कमल थापा नेतृत्वको राप्रपाका कोषाध्यक्ष समेत हुन्। निकिताले बोर्डको अध्यक्ष बन्न लामो समयदेखि लबिङ गर्दै आएकी थिइन्। जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org