ताजा समाचार

लघुकथा समाजद्वारा राई सम्मानित

काठमाडौं । सांस्कृतिक अभियन्ता वीरबहादुर राईलाई लघुकथा समाज नेपाले सम्मानित गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘आजका लघुकथा’ प्रकाशनका लागि आर्थिक सहयोग गरेको भन्दै समाजले राईलाई सम्मानित गरेको हो । कार्यक्रममा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केही गर्न खोज्नेहरूका लागि दिलोज्यानले सहयोग पु¥याउने राईको कार्यलाई प्रशंसा गरे । नेपाली लघुकथा उन्नयनमा ‘आजका लघुकथा’ एक मानक कृति हो, रोदनले भने, ‘यस्तो पवित्रकार्यमा सहयोग पु¥याउनु भएकोमा राईप्रति हामी लघुकथा समाज नेपाल सधैं कृतज्ञ छौँ । ’

त्यस्तै बालसाहित्यकार श्रीराम राईले वीरबहादुर राई चिनाउँदै भने, ‘किराँतीहरूको आदिम पुर्खा तयामा खियामा र रैछाकुलको प्रतिमा निर्माण स्थापना समितिका सदस्य राई प्रतिमा अनावरणको क्रममा नेपाल आएका हुन् । उनी आफ्नै जिल्ला खोटाङको हलेसी तुवाचुङमा भर्खरै कार्यक्रम सकेर फर्किनु भएको हो । भलिवल खेलाडीको रूपमा परिचित उनी जिल्लामा खेलकुद, सडक निर्माण, शिक्षा लगायत क्षेत्रमा रहेर समाजसेवा गर्दै आएका छन् ।’ कार्यक्रममा सिन्धु गौतम, श्रीराम राई, त्रिभुवनचन्द्र वाग्ले, शुषमा मानन्धर, सुमन सौरभ, तुलसीहरि कोइराला, ध्रुव मधुकर्मीले लघुकथा वाचन गरेका थिए । वाचित लघुकथाबारे समालोचक डा.लक्ष्मणप्रसाद गौतमले समीक्षात्मक टीकाटिप्पणी गरेका थिए ।  सम्मानित राईले लघुकथा उन्नयनमा अझै सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । उनले समाज परिवर्तनका लागि यस्ता खाले सामुहिक कार्यमा लागेकोमा खुसी व्यक्त पनि गरे । कार्यक्रममा  लेखक तथा पत्रकार दामोदर न्यौपाने, राजेश खनाल , गोपाल अश्क लगायतको उपस्थित रहेको थियोे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org