ताजा समाचार

डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

 

झापा, २७ मंसिर । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले आजदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ । कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टसँगको संयुक्त लगानीमा अर्जुनधारा–८ स्थित पूर्वाद्र्ध कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सो उद्योगबाट अर्जुनधारा ब्राण्डका दूध, दही, मोही, घ्यू, पनिर, आइसक्रिम लगायतका दूधजन्य सामग्री उत्पादन शुरु गरिएको संस्थाका अध्यक्ष कमलबहादुर भण्डारीले बताउनुभयो ।

उद्योगबाट दूध, दही, मही, घ्यू, पनिर, आइसक्रिमलगायत उत्पादन भइरहको छ । दूध प्रतिप्याकेट रु ३५, दही रु ४५, मोही रु २०, घ्यू रु ३५०, पनिर रु २७५ र आइसक्रिम प्रतिप्याकेट रु १९० मा बिक्री भइरहेको छ । सो उद्योग स्थापना गर्न हालसम्म रु तीन करोड ५० लाख खर्च भएको बताइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org