टनेलप्रति किसानको आकर्षण बढ्दै
दार्चुला, २७ मंसिर । पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् । खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् । उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल सिआरडिएसका टिम लिडर अशोक ओझाले जानकारी दिनुभयो ।
“टनेलभित्र उत्पादन बढी हुँदा आकर्षण बढ्दै गएको छ,” ओझाले भन्नुभयो । सिआरडिएसको पहल कार्यक्रमअन्तर्गत अहिले जिल्लाका भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ र खरकडामा कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जनसम्बन्धी काम भइरहेको छ । कार्यक्रम लागू भएका ठाउँमा किसान समूहमार्फत संस्थाले तरकारी खेती, बेर्ना उत्पादनलगायत सहयोग गरिरहेको ओझाले बताउनुभयो ।
विसं २०४९ मा स्थापना भएको सिआरडिएसले अहिले जिल्लाका विभिन्न ठाउँमा विकास निर्माणलगायत समाज परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ । पहल कार्यक्रमले तरकारीको बीउ तथा टनेल सहयोग गरेपछि आफूहरु व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् । किसानले अहिले विशेषगरी गोलभेँडा खेती गरिरहेका छन् । गाउँमै प्रतिकिलो रु ५० मा गोलभँडा बिक्री हुन थालेपछि किसान हर्षित भएका छन् । पहल कार्यक्रमले खाद्य असुरक्षा भएका ठाउँमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाइ, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, वित्तीय सेवालगायत क्षेत्रमा काम गर्दैआएको छ । रासस
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












