ताजा समाचार

समानुपातिकको मत गणना अन्तिम चरणमा, ३० लाख मतका साथ एमाले पहिलो, कुन पार्टीको कति मत ?

काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना सकिएको निर्वाचन आयोग जनाएको छ । यहि मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको निर्वाचनमा अहिलेसम्म ७३ जिल्लाको मतगणना सकिएको हो ।

प्रत्यक्षतर्फको मतगणना बुधबार नै सकाएको आयोगले शुक्रबार चुनावको मैझारो गर्नेगरी समानुपातिकतर्फको बाँकी गणना भइरहेको जनाएको छ । आयोगका अनुसार, ८८ लाख ५१ हजार  मतको गणना सकिएको छ ।

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले ३० लाख १४ हजार ४ सय ४ मतका साथ अग्रता यथावत राखेको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसको पक्षमा हालसम्म २९ लाख ४१ हजार २ सय ९३ मत परेको छ ।

माओवादी केन्द्रले १२ लाख ११ हजार ९ सय ९६ मत पाएको छ । निर्वाचन आयोगका अनुसार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २७ हजार ९८ मत हासिल गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल ४ लाख ३ हजार ५ मतका साथ फोरमलाई पछ्यारहेको छ । विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ भने राप्रपाले १ लाख ८९ हजार ९ सय १० मत बटुलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org