ताजा समाचार

 बिरामी बोकेको एम्बुलेन्स दुर्घटनाः पाँच घाइते

विराटनगर, २९ मंसिर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१ को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शेर्मा, लिम्बू, प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्काको अवस्था भने सामान्य रहेको बताइएको छ । घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org