ताजा समाचार

प्रियंका चोपडाको ५ मिनेटको रेट ५ करोड भारु !

एजेन्सी, २ पुस । बलिउड अभिनेत्री प्रियंका चोपडा धेरै पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन् । पारिश्रमिककै कारण उनी बेला बेला चर्चामा पनि आउछिन् । २०१८ को सुरुवातमा आयोजना हुने एक फिल्म अवार्डमा पनि प्रियंका सहभागी हुँदैछिन् ।

कार्यक्रममा उनले एक धमाकेदार प्रस्तुती समेत दिनेछिन् । ५ मिनेटको प्रस्तुतिका लागि उनले ५ करोडको डिमान्ड गरेकी छन् । उनको एक मिनेट प्रस्तुतिको लागि एक करोड मूल्य पर्ने देखिएको छ । समाचारमा उल्लेख गरिए अनुसार प्रियंकाले जी सिने अवार्डमा ५ मिनेट नृत्यको प्रस्तुति दिनेछिन् । उक्त नृत्यका लागि उनले ५ करोड भारु माग गरेकी छन् ।

प्रियंका पछिल्लो समय हलिउड चलचित्र ‘स्टेन्ट इट रोमान्टिक’ र ‘ए किड लाइक ज्याक’को सुटिङमा ब्यस्त छिन् । अवार्डका लागि उनी अमेरिका देखि भारत आउने भएकी हुन् । जी सिनेअवार्डमा बलिउडका थुप्रै स्टारको सहभागिता रहने गरेको छ । अवार्डमा रणवीर सिंह, कट्रीना कैफ, शहिद कपुर, भुमि पडनेकर लगायतको समेत प्रस्तुति रहने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org