ताजा समाचार

केही समय नरम ओली एकाएक देउवामाथि खनिए, भने– जनमतको अवमूल्यन किन गर्न लागेको ?

काठमाडौं, २ पुस । बाम गठबन्धनले वर्तमान सरकारलाई अनावश्यक निर्णय र नियुक्ति नगर्न चेतावनी दिएको छ । काम चलाउको रुपमा रहेको वर्तमान सरकारले धमाधम सरुवा बढुवा, कर्मचारी नियुक्ति गर्न थालेपछि वाम गठबन्धनले यस्तो चेतावनी दिएको हो ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणामा आइसकेपछि पहिलो पटक काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनले सरकारलाई जनताको मतको अवमूल्यन नगर्न भनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई स्वस्थ्य ढंगले अगाढि बढाउने कुरामा व्यवधान हुने गरी अभिव्यक्ति दिने गरेको वाम गठबन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले बताए ।

पत्रकार सम्मेलनमा बाम गठबन्धनका ओलीले प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मुल्य र मान्यताविपरित प्रधानमन्त्रीबाट अभिव्यक्ति आउनु सकारात्मक नभएको बताए । उनले खासगरी राष्ट्रिय सभा गठनका विषयमा प्रधानमन्त्रीले पछिल्लो समय गरेको चलखेल उपयुक्त नभएको बताए ।

उनले भने ‘निर्वाचन भइसकेर जनमत प्राप्त भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री आफै संविधान मिचेर काम गर्न खोज्दैहुनुहुन्छ । अहिले निर्वाचन सकेर परिणाम आइसकेपछि सरकारले कुनै ठुला निर्णय सरकारले गर्न सक्दैन तर अध्यादेशका नाममा प्रधानमन्त्री वलजफ्ती गर्दैै हुनुहुन्छ । ’

ओलीले यो राष्ट्रिय महत्वको विषयमा दलहरुसँग परामर्श गर्न जरुरी हुन्छ, हुदैन भन्दै प्रश्न गरे । उनले सरकारले खेल सुरु भइसकेपछि नियम परिवर्तन गर्न लागेको भन्दै खेलको विचमा नियम बनाउन नमिल्ने बताए । ‘खेल शुरु नहुँदै नियम बनाइन्छ । खेल शुरु भएपछि विचमा आएर नियम परिवर्तन गर्न पाइन्छ ?’ ओलीले भने ।

फरक प्रशंगमा अध्यक्ष ओलीले एमाले माओवादी पार्टी एकीकरण छिट्टै हुने भन्दै त्यो समय धेरै टाढा नभएको बताए । एकीकरण भएपछि पार्टी अध्यक्ष को हुने भन्नेमा विवाद नभएको भन्दै ओलीले भने, ‘मलाई अध्यक्ष चाहिने भए म पनि अध्यक्ष छु । प्रचण्डजी पनि अध्यक्ष हुनुहुन्छ । हाम्रो ध्यान अध्यक्षतिर भन्दा पनि देशले भोगिरहेको समस्या र समाधानतिर छ, जनताको इच्छा आकाक्षा पुरा गर्नेतिर छ । पद ठूलो कुरो होइन छलफल गरेर निर्णयमा पुग्न सकिन्छ ।’ उनले निर्वाचनपछि आएको परिणामले बामहरुको सरकारको माग गरेको र त्यहि अनुसार सरकार गठन हुने पनि बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org