ताजा समाचार

पाकिस्तानी चर्चमा आत्मघाती आक्रमण हुँदा ९ को मृत्यु, ४४ जना घाइते

काठमाडौं, ३ पुस । पाकिस्तानको एक चर्चमा आत्मघाती आक्रमण हुँदा ९ जनाको ज्यान गएको छ । दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आत्मघाती आक्रमण हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्।

घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताएका छन् । घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् ।

बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले चार जनाको समूहमा आएका आतंककारी जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताए ।

आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रबेश गर्न खोज्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले बताए । दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org