ताजा समाचार

दाइजो नल्याएको निहूँमा घर निकाला, भैसीगोठमा बस्न बाध्य

मोरङ, ३ पुस । दाइजो नल्याएको निहूामा एक महिला घर निकाला भएकी छन् । देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी हुन् ।

उर्लाबारी–२ भुसीकी १८ वर्षीया गीता पौडेल घर निकाला भएकी हुन् । सात जन्म साथ दिने प्रण गरी विवाह गरेर ल्याएको ७ महिनामा पौडेल घर निकाला भएकी हुन् । गीताको गत बैशाखमा चन्द्रबहादुर पौडेलसँग विवाह भएको थियो ।

एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुरलगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमानले उनलाई मानसिक यातना दिन थालेको पीडित गीताको भनाई छ ।

पौडेल परिवारले उनलाई यातना दिनुका साथै भैसीगोठमा राखेका थिए । पीडित गीताले माइतमा फोन सम्पर्क गर्न नदिने, धम्क्याउने, कुटपिट गर्ने गरेको बताइन् ।

उता, छोरीलाई घर निकाला गरेर पशुसरह गोठमा राखिएको खबरपछि माइतीपक्ष पुग्दा उनीहरूमाथि नै घरपरिवारले विभिन्न लाञ्छना लगाएको पीडित पक्षको भनाइ छ । हाल गीता उर्लाबारी–४ स्थित माइतमा आश्रय लिएर बसेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org