ताजा समाचार

भारतीय टीभीमा कन्डमको विज्ञापनमा रोक लाग्दा राखी आक्रोशित

एजेन्सी, ४ पुस । भारतमा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारणमा रोक लगाएपछि राखी सावन्त आक्रोशित भएकी छन् । भारतीय सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त आक्रोशित भएकी हुन् ।

राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदैछिन्। राखीका फ्यानहरु नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएपछि उनी आक्रोशित भएकी हुन् ।

राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए । राखी भन्छिन्, ‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ। यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगितबारे जानकारी हुन्छ। एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु।’

उनले भनिन्, ‘सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाउन थालियो। के सरकार मसँग डराएको हो ? हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ? के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ ?’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org